हेटौंडामा कोरोनाका कारण एक वृद्धको मृत्यु

लोकखबर
२०७८ माघ २, आईतवार १७:४९

मकवानपुर । मकवानपुरको हेटौंडामा कोरोन भाइरस संक्रमणको कारण एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा ११ का ६७ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर प्रशान्त बिडारीले जानकारी दिए ।

बिडारीका अनुसार वृद्धले कोभिड विरुद्धको खोपको पहिलो डोज मात्र लगाएका थिए । वृद्ध टाउको सम्बन्धी दिर्घ रोगी समेत रहेको अस्पतालले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ । जिल्लामा कोरोनाको कारण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय २१ जनाको मृत्यु भएको छ ।

यसैगरि,मनहरी गाउँपालिका भित्रका १४ जना, थाहा नगरपालिका भित्रका ९ जना, भीमफेदीका ७ जना, मकवानपुरगढी र बकैयाका ५-५ जना, बागमतीका ४ जना, कैलाश र राक्सिराङ गाउँपालिका भित्रका २र२ जनाको मृत्यु भएको छ ।

जिल्लामा पछिल्लो दिनहरुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको छ । आज पनि जिल्लामा ६० जनाको एन्टीजेन परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३ सय ९९ पुगेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको