नेपाल तामाङ विधार्थी धेदुङ बाराको अध्यक्षमा लामा

लोकखबर
२०७८ माघ ३, सोमबार ११:४३

मकवानपुर । बाराको निजगढ वडा नम्बर ११ स्थित रहेको रतनपुरी गुठीमा नेपाल तामाङ विधार्थी धेदुङ बाराको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रथम जिल्ला सम्मेलनमा नेपाल तामाङ बिद्यार्थी धेदुङ बाराको अध्यक्षमा हरिबहादुर लामा चयन भएको हो।

लामाको अध्यक्षतामा भएको सम्मेलनमा नव गठित २१ सदस्यीय समितिको उपाधय्क्षमा सम्झना लामा तामाङ्ग, सचिबमा दोर्जे रुम्बा तामङ्ग, सह-सचिब मा उर्मिला मोक्तान तामङ्ग र कोषाध्यक्षमा बिशाल मोक्तान चयन भएका हुन ।

नेपाल तामाङ विधार्थी धेदुङ संघीय सचिब हेन लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष एव नेपाल तामाङ धेदुङ, बारा अध्यक्ष सुर्य घलान, निजगढ नगरपालिका वडा नम्बर ११ क अध्यक्ष प्रेमबहादुर रुम्बा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको