बेखबर बनेका मैनालीको खोजी गरिदिन परिवारको आग्रह

लोकखबर
२०७८ माघ ४, मंगलवार ०९:३६

मकवानपुर । चितवन जिल्ला, राप्ती नगरका उद्दव मैनाली बेपत्ता भएको दुई वर्ष पुग्नै लाग्दा पनि अहिलेसम्म सम्पर्क विहीन बनेका छन् ।
राप्ती नगरपालिका वडा नम्बर २, ड्राइभर टोल स्थायी ठेगाना भई काठमाडौं, नयाँ बसपार्कमा कपडा पसल संचालन गर्दै आइरहेका ४२ वर्षिय मैनाली २०७६ चैत १९ गतेबाट बेखबर बनेका हुन् ।

सामान्य घरायसी कुरामा काठमाडौंबाट घर हिडेका उनी बेखबर बनेकोमा अहिलेसम्म पत्ता लाग्न नसकेपछि परिवारका सदस्य चिन्तामा छन् । घर फर्कने आशमा परिवारले कतै उजुरी तथा खबर नगरी बसेको तथा अहिलेसम्म कुनै अत्तोपत्तो नभएकाले खोजी गरिदिनका लागि आग्रह गरिएको छ ।

बेखबर बनेका मैनालीको काठमाडौंमा छोरा सहित श्रीमती छिन् भने घर दुई भाइ तथा आमा छन् । चार फिट दुई इन्च उचाइ भएका फर्कने आश गर्दागर्दै अहिलेसम्मको समय गुजारिएको बताउँदै मैनालीको परिवारले मानवअधिकारवादी,मिडिया लगायत सरोकारवालासंग खोजीकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको