नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला धेरै
मकवानपुर । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको आज बुधबार तथ्यांक विभागले जानकारी दिएको छ ।
विभागका अनुसार २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको विभागले जनाएको छ ।
तथ्यांक अनुसार मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।











































