माधव नेपाल भन्छन्,-‘स्थानीय तहको चुनाव संविधान र कानून अनुरुप हुनुपर्छ ।’
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानून अनुरुप हुनुपर्नेमा जोड दिएका छन् । आज बुधबार पार्टी कार्यालय शान्तिनगरमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग सत्तारुढ दलहरुले विस्तृत छलफल गरिरहेको अध्यक्ष नेपालको भनाई छ ।
अध्यक्ष नेपालले जारी राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबी पनि गरे।











































