राक्सिराङमा लागुऔषध गाँजसहित प्रजा प्रहरीको फन्दामा

लोकखबर
२०७८ माघ १८, मंगलवार १७:१६

मकवानपुर । लागुऔषध गाँजसहित एकजनालाई मकवानपुर  प्रहरीले आफ्नो फन्दामा लिएको छ । मकवानपुरको राक्सिराङमा लागुऔषध गाँजा १ सय १० किलोसहित राक्सिराङ–५ का ३६ वर्षीय राम कुमार प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा सोमबार राति १०:३० बाजेको समयमा राक्सिराङ–५ स्थित कच्ची सडकखण्डमा शंकास्पद रुपमा भारी बोकी हिँडिरहेका प्रजालाई सुरक्षाजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ ।

प्रजालाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले जनाएको छ । उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास कार्य भइरहेको उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको