व्यवसायी गर्ने वातावरण सबैलाई समान हुनुपर्छ: बयलकोटी
मकवानपुर । रात्रीकालिन व्यवसायीहरुले व्यवसायी गर्ने वातावरण सबैलाई समान हुनुपर्छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरेका छन् ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले कोभिडको तेस्रो लहरमा सवै बजार खुल्ला रहँदा आफूहरु भने व्यवसाय बन्द गरेर वस्नुपर्ने अवस्था सिर्जना भएकोभन्दै ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण तयारी गरिदिन प्रशासन कार्यालयलाई आग्रह गरेका हुन् । व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिएमा आफूहरु आन्दोलन गर्न बाध्य हुने संघ तदर्थ समिति संयोजक सुनिल बयलकोटीले बताए ।
उनले भने हेटौंडामा रहेको भाटभटनीमा करिब ३ सय भन्दा बढी कर्मचारी रहेको तथा दिन्कै करिब ४ हजार भन्दा बढी उपभोक्ताले सेवा लिदै आएको छ। त्यो संस्था सन्चालन गर्न मिल्ने र हाम्रो सानो संस्था खोल्न न हुने । यो दृष्टिकोण परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेलाई अनुरोध गरेका छन् ।
‘रात्रीकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्नुपर्ने अवस्था रहेको छ । रात्रिकालिन भनेपछि ढिला सुरु हुने व्यवसाय हो । यसरी नबुझ्दा हामी समस्यामा परेका छौं’, उनले स्थानीय प्रशासनले आफूहरुलाई व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरिदिन आग्रह गरे ।
उनका अनुसार हेटौंडमा ११ वटा रात्रिकालिन व्यवसायी रहेका छन् । करिब छ सय जना कर्मचारी यस पेशामा आबद्ध रहेका छन् । पछिल्लो समय हेटौंडामा दोहारी, डान्सबास, लाइभ म्युजिक खुलिरहेका छन् । उनले भने, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा धेरै व्यवसाय बन्द थियो । हामीले पनि गर्यौ अहिले सवै खुलेका छन् । हामी मात्र किन वन्द गर्ने ।’, उनले भने ।
उनीहरुले अन्य पेशा व्यवसाय भन्दा पनि बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । उनीहरुले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी सिर्जना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको गुनासो गरेका छन् ।











































