३६ जनाले गरे रक्तदान
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा मंगलबार गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रक्तदान कार्यक्रम हुन नसकेको र रगत अभाव भएको पाइएपछि युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको सभाध्यक्षता युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेतीको आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, युवा संघ नेपालका नेता-कार्यकर्ताहरु तथा युवा संघको केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज दिलमाया र राष्ट्रिय युवा संघ केन्द्रिय आर्थिक बिभाग प्रमुख सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
यस्तै आज बिहानै हेटौंडाको बुद्धचोकमा रोट्र्याक्ट क्लबले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।











































