कांग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेको उम्मेदवारी घोषणा

लोकखबर
२०७८ माघ १९, बुधबार १७:४९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि काँग्रेसका नेता जयराम लामिछानेले आज उम्मेदवारी घोषणा गरेका छन् । चुनावका लागि हेटौंडा-२ मा सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै लामिछानेले जनताको विश्वास जित्दै गएको काँग्रेसलाई मकवानपुरको पहिलो पार्टी बनाउन उम्मेदवारी दिने बताए । उनले भने–‘ जनविश्वास बटुल्दै गएको कांग्रेसलाई पहिलो नम्बर बनाउन मेरो उम्मेदवारी हो ।’

उनले केही दिनमा प्यानल नै घोषणा गर्ने बताए । संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै लामिछानेले उम्मेदवारी घोषणा गरेको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, जिल्ला सचिव आन्नद कठायत, काँग्रेस मकवानपुरका नेता रिता खनाल, भीमसेन महत, इन्दिरा न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कांग्रेस १४ औं अधिवेशनअन्तर्गत् मकवानपुरको निर्वाचनको मिति २ पटक घोषणा गरेर स्थगित भइसकेको छ । अधिवेशनको नयाँ मिति भने अझै घोषणा भएको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको