मकवानपुरमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

लोकखबर
२०७८ माघ २०, बिहीबार १६:३६

मकवानपुर । मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा ४० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २४ जना र ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २३७ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेश र संस्थागत आइसोलेशनमा बसेका ११८ जना आज संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको