भीमफेदी प्रहरीद्वारा मरेका २५० कुखुरा नष्ट

लोकखबर
२०७८ माघ २२, शनिबार १८:४४

मकवानपुर । इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरको चेकपोष्टअगाडि सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा फेला परेका मरेका कुखुराहरु नष्ट गरिएको छ ।

विवश सापकोटाले काठमाडौंबाट हेटांैडातर्फ प्रदेश २–०३–००१ च ४१८० नम्बर पिकअपमा मरेको करिब २ सय ५० कुखुरा लोड गरी आउँदै गरेको अवस्थामा फेला पारिएकोहुँदा कुखुरासहित गाडी नियन्त्रणमा लिइएको थियो ।

मकवानपुरको हेटौंडा–८, कर्रास्थित अजय खड्काको खाली जग्गामा कोहीकसैलाई असर नपर्ने गरी भलाइ कोष अध्यक्ष राजेन्द्र मैनालीको रोहबर, कुखुरा व्यवसायी संघ सदस्य राजकुमार श्रेष्ठ र कोषाध्यक्ष ऋषिराम दुलालसहितको उपस्थितिमा खाल्डो खनेर मरेका कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको