मकवानपुरको भीमफेदीमा पनि राष्ट्रिय युवा संघद्वारा बिरोध प्रदर्शन

लोकखबर
२०७८ माघ २३, आईतवार २०:३७

मकवानपुर । मकवानपुरको भीमफेदीमा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघले आज बिरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, संवैधानिक अभीव्यक्ति र निर्वाचन नगर्ने चलखेल विरुद्धमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर्, तत्काल चुनावको घोषणा गर, मापशे सरकार मुर्दावाद लगायतका नारावाजी गरिएको थियो ।

अनेरास्ववियु केन्द्रीय सदस्य एवम् मकवानपुर सह ईन्चार्ज आशिष अस्लामीको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ भीमफेदी गाउँपालिका संयोजक वादल सिलवालको सभाध्यक्षमा विरोध कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपा एमाले भीमफेदी गाउँपालीका अध्यक्ष सानू थापाको विशिस्ट आतिथ्यता रहेको थियो भने राष्ट्रिय युवा संघ मकवानपुरका जिल्ला सचिवालय सदस्य प्रकाश सिलवाल, टाशी लामा, छिरिङ लामा, रचिन डंगोल, नेकपा एमाले भीमफेदी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष प्रमेश्वर राना, अनेरास्ववियु भीमफेदी संयोजक राजीव परियार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको