मकवानपुरको विभिन्न स्थानबाट लागूऔषध गाँज र अफिम प्रहरीद्वारा नस्ट
मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा लगाईका लागूऔषध गाँजा, अफिम खेती फडानी गरि नस्ट गरिएको छ । लागूऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्र्तगत प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाईको करिब ५० बिगाहाको खेती नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले माघ २१ देखि २३ गतेसम्म जिल्लाका विभिन्न पालिकामा लगाईको गाँजा २९ बिगाह १० कठ्ठा र अफिम २१ बिगाह नष्ट गरेको जिल्ला प्रहरीले जनाएको छ । साथै सोही समयमा २ सय किलो सुकाई राखेको गाँजा पनि नष्ट गरिएको उल्लेख छ ।
प्रहरीले उक्त लागूऔषध खेती राक्सिराङ, कैलाश गाउँपालिकाको विभिन्न वडामा फडानी गरिएको हो। जनपद प्रहरीका एक सय र शसस्त्रका ३० जनाको टोली खटिएको प्रहरीले गजा खेती नस्ट गरेको हो ।
लागूऔषध नष्ट गर्न लागूऔषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीलाई प्रहरी निरीक्षक सुमन बाँनिया र प्रहरी निरीक्षक कविर प्रधानले कमाण्डमा लागूऔषध नष्ट गरेका थिए ।











































