ट्रकको ब्रेक फेलका कारण चालकको मृत्यु
मकवानपुर । ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको हो ।
तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा परि गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्रातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए ।
उनको अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेको हो ।











































