मंगलबारबाट बागमती प्रदेशभर पिपिआर खोप लगाउने अभियान सुरु

लोकखबर
२०७८ माघ २४, सोमबार १८:३९

मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान सुरु गरेको छ ।

पिपिआर रोग नेपालका अधिकान्स जिल्लामा देखा परेको तथा पुरानो ठाउमा देखा पर्दा मृत्यु दर कम भए पनि नयाँ फैलिदै गरेको करिब ८० प्रतिशत मृत्युदर हुने गरेको तथ्य रहेको हो। विसानुबाट लाग्ने सो रोगको खास उपचार नभएका कारणले सबै भेडाबाख्रालाई रोगबाट सुक्षित राख्रे उपयुक्त तरिका mass vaccintion रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै भोली मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गते सम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए ।

पहिलो पटक खोप अभियान गरिएकोे बताउदैं ढकालले एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताए ।

पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले बताए । उनले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको बताए ।

हामी सँग खोपको मात्रा कम छ तर पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरि ल्याउने उनको भनाइ छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको