मकवानपुरमा फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चाल हुने निर्णय
मकवानपुर । मकवानपुरमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनमा आउने निश्चित भएकाे छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले साेमबार १ आदेश जारी गर्दै फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनकाे व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएकाे बताएका छन् ।
‘विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारकाे शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाकाे मापदण्ड पालना गरी संवत २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउने ।’ – प्रमुख जिल्ला अधिकारी पाण्डेद्धारा जारी आदेशकाे छैठाैं बुँदामा भनिएकाे छ ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीकाे हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीकाे हकमा आलाेपालाे कक्षा सञ्चालन गर्न आदेशमा भनिएकाे छ । विद्यालय, कलेज, संघ तथा प्रदेश लाेकसेवा आयाेगकाे परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएकाे छ । फागुन १ गतेदेखि मन्दिर, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने जनाइएकाे छ । पार्टी प्यालेसमा पनि बढीमा सय जना वा कुल क्षमताकाे ५० प्रतिशत भेला हुन पाउने प्रजिअकाे आदेशमा भनिएकाे छ ।
मास्ककाे प्रयाेग गर्ने, भाैतिक दूरी कायम गर्ने, खाेप कार्ड अनिवार्य साथमा राख्ने व्यवस्थालाई अनिवार्ग गरिएकाे छ ।











































