कमल थापा नयाँ पार्टी खोल्ने तयारीमा

लोकखबर
२०७८ माघ २५, मंगलवार १२:१९

राष्ट्रिय प्रजातन्त्र पार्टीको निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेको थापानिकट नेताले जनाएका छन्।

थापाले सोमबार काठमाडौंमा आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाए आफूले विकल्प सोच्न सक्ने बताएका छन्। भेलामा सहभागी एक नेताले भने, ‘कुरा सुन्दा उहाँले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ। यद्यपि उहाँले यसबारे प्रष्ट भन्नुभएन।’ भेलामा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘मैले पार्टी अध्यक्षसँग सैद्धान्तिक, सांगठनिक र व्यावहारिक विषयमा ध्यानाकर्षण गराएको छु। मेरो चासोको विषय सम्बोधन भएन भने नयाँ विकल्पमा जान सक्छौं।’

थापाले यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई २ पटक चिठी लेखेर राप्रपाको महाविधेशनमा पूर्वराजाले खेलेको हस्तक्षेपको विषयमा छानविन गर्न एउटा समिति बनाउन माग गरेका छन् । छानविन समिति नबनाए दुर्घटना हुनसक्ने उनको भनाइ छ।

गत शनिबार थापा र पार्टी अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको थियो। भेटवार्ता सकारात्मक नभएको राप्रपाका नेताहरू बताउँछन्। लिङदेन निकट नेताका अनुसार पूर्वराजाको हस्तक्षेपको छानबिनको विषयमा समिति बनाउन लिङदेन तयार छैनन्।

समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको