राप्रपाका पूर्वअध्यक्ष थापाद्वारा पार्टी परित्यागको घोषणा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मंगलबार (आज) हेटौंडामा थापाले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेको हो । ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै विताउने र पाटी मै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, उनले भनाई छ ।
उनले पत्रकार सम्मेलनमा आफ्नो राजनीति जीवनको करिब ३१ वर्ष राप्रपामा विताएका हो। नयाँ दल खोल्ने विषयमा आन्तरिक छलफलको क्रममै रहेको उनले भने ।











































