४ खेलमा टिकेको नेपालको टी–२० विश्वकपको यात्रा

लोकखबर
२०७८ माघ २५, मंगलवार १५:२९

काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ ।

तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।

जहाँ पहिले धेरै टिमबीच प्रतिस्पर्धा हुन्थ्यो, कुनै एउटा खेलमा तलमाथि हुँदा पनि अर्कोमा रिकभर गर्ने अवसर हुन्थ्यो । अहिले पनि टिम त धेरै छ, तर खेल थोरै । त्यसैले एउटा खेल बिग्रियो भने पनि टी–२० विश्वकपको यात्रा खतरामा पर्न सक्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको