आज सुनको मूल्यमा सामान्य वृद्धि
साताको अन्तिम दिन सुन प्रतितोला ९४ हजार रुपैयाँनजिक पुगेको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको हो।
एक सातामा सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेको छ। गत साताको अन्तिम दिन कायम तोलाको ९२ हजार ५ सयमा स्थिर रहेर आइतबार पनि कारोबार थियो। बिहीबार ९३ हजार ४ सयमा आइपुगेको थियो।
चाँदी भने बिहीबार आइपुगेको प्रतितोला १२ सय ८० रुपैयाँमा शुक्रबार पनि स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिस्तारै उकालो लागेको छ। साताको पहिलो दिन गत आइतबार १८०७.९५ रहेको सुनको कारोबार मूल्य मंगलबार प्रतिऔंस १८२१.४३ डलर भएको थियो। त्यसमा बढ्दै शुक्रबार १८२४.८१ डलरमा आइपुगेको छ।
चाँदीमा पनि वृद्धि छ। गत आइतबार प्रतिऔंस २२.५० डलर रहेको चाँदी शुक्रबार २३.०६ डलर छ। बिहीबार नै यो मूल्यमा आइपुगेकाले नेपाली बजारमा शुक्रबार मूल्य स्थिर देखिएको हो।











































