कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
विहिबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेसमा एमसीसी पास गर्ने विषयमा एकमत देखिएको छ । बिहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्ने सन्दर्भमा पार्टीभित्र सहमति जुटाएका छन् । उनले गठबन्धनको विषयमा भने प्रतिक्रिया नदिन दलका नेताहरुलाई निर्देशन दिएका छन् ।











































