हेटौंडाको पदमपोखरी र राप्तीतटमा बिहानै आगलागी

लोकखबर
२०७८ माघ २८, शुक्रबार १२:५५

मकवानपुर । मकवानपुरमा शुक्रबार विहानै २ स्थानमा आगलागी भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १३ पदमपोखरी पीपलबोट टोलस्थित इश्वरी पाण्डेको गोठमा आगलागी भएको हो । हेटौंडा उपमहानगरपालिकाको अग्नि नियन्त्रण शाखाले दिएको जानकारी अनुसार आगलागीबाट उनको गोठको करिब ५ टिप पराल जलेर नष्ट भएको छ भने केही जस्तापाता र काठ जलेको छ । सो आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने भएको छैन ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित राप्तीतटको डम्पिङ साइटमा पनि शुक्रबार विहानै आगलागी भएको छ । सो आगलागी नियन्त्रणको कार्य भइरहेको जनाइएको छ । सो क्षेत्रमा व्यवस्थापन गरिएको फोहोरमा आगलागी हुँदा वातावरण प्रदुषण हुनुको साथै नजिकको गाउँमा गाउँसम्म फैलनसक्ने जोखिम भएकोले नियन्त्रणको काम भइरहेको उपमहानगरको अग्नि नियन्त्रण शाखाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको