समाजवादी प्रेस संगठन मकवानपुरमा चौलागाईंको नेतृत्व

लोकखबर
२०७८ माघ २९, शनिबार १९:२०

मकवानपुर । मकवानपुरमा समाजवादी प्रेस संगठन नेपाल जिल्ला समिति गठन भएको छ । आज शनिबार हेटौंडामा पत्रकारहरुको भेलाले शिव चौलागाईंको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिती गठन गरेको हो ।
संगठनको उपाध्यक्षमा गोविन्द न्यौपाने, मञ्जु पुडासैनी, सचिवमा पुष्कर गोले सागर, कोषाध्यक्षमा राजु बस्नेत, सहसचिवमा विकल्प चौलागाईँ रहेका छन् ।
कार्यसमितीको सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष एवं पार्टी बागमती प्रदेश कमिटीका इन्चार्ज केदार न्यौपाने, प्रेस संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय उपमहासचिव रामकुमार एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइञ्चार्ज राजन दाहाल, पार्टीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल, पार्टी मकवानपुरका सचिव एव्म राष्ट्रिय भूमी आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाल लगायतको आतिथ्यतामा पत्रकारहरुको भेला भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको