अनेरास्ववियु भीमफेदीको फागुन १३ गते गाउँपालिका सम्मेलन हुने
मकवानपुर । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन ( अनेरास्ववियु) भीमफेदी गाउँपालिका कमिटिको फागुन १३ गते सम्मेलन हुने भएको छ ।
अनेरास्ववियु भीमफेदी गाउँपालिका कमिटिको आज भएको पूर्ण बैठकले फागुन १३ गते गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको अनेरास्ववियु भिमफेदिका संयोजक राजिब परियारले बताए । सम्मेलन सफल गर्न विभिन्न विभागीय जिम्मेवारी तोक्दै कमिटि निर्माण गर्न बाँकि रहेका बिद्यालयहरुमा पनि कमिटि बनाउने निर्णय गरेको छ ।
आजको बैठकमा अनेरास्ववियु भीमफेदी संयोजक राजिब परियारको सभाध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटिको सदस्य तथा मकवानपुर जिल्ला सह-इन्चार्ज आशिष अस्लामीको प्रमुख आतिथ्यमा भएको थियो | उक्त बैठकमा अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष बिशाल पौडेल , उपाध्यक्ष भुवन मैनाली , नेकपा एमाले भीमफेदीक उपाध्यक्ष शिबराज पुडासैनी , अनेरास्ववियु मकवानपुर जिल्ला कोषाध्यक्ष सुदन बिश्वकर्मा लगाएतको आथित्यता रहेको थियो |
तोकिएकै समयमा सम्मेलन गर्न हदै सम्मको सहयोग गर्ने अनेरास्ववियु केन्द्रीय कमिटिको सदस्य तथा मकवानपुर जिल्ला सह-इन्चार्ज आशिष अस्लामीले बताउनु भयो | नेकपा एमाले भीमफेदीले सधै अनेरास्ववियुलाइ सहयोग गर्ने र आगामी स्थानीय चुनावमा अनेरास्ववियुको महत्वपूर्ण भूमिका हुने नेकपा एमाले भिमफेदिका उपाध्यक्ष शिवराज पुडासैनीले बताए | अनेरास्ववियु जिल्ला कमिटिले सकेको सहयोग गर्ने अध्यक्ष बिशाल पौडेलले प्रतिबद्धता समेत जनताका छन् ।











































