बरेडवाको बाल निकेतन विद्यालयमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ विर्तिप्रस्टोका स्थित रहेको बाल निकेतन विद्यालयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोमताज राय भांटको पहलमा अनौपचारिक रुपमा गाउँका वुद्धिजिवि, जनप्रतिनिधि, शिक्षक र गाउका अभिभावहरुको भेला भई विद्यालयको एजेण्डाहरुमा छलफल भएको हो ।
विद्यालयको पठनपाठन, उत्तरोन्नत्ति, अपुग शिक्षक माग, विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गर्ने, विद्यालयको स्रोतसाधन संरक्षण र हेरचाह गर्ने र अभिभावकहरुले पनि हेरचाह गर्ने सम्बन्धमा छलफल भएका छन् ।
कार्यक्रममा श्री बालनिकेतन आधारभुत विद्यालयका प्र.अ.सुरेन्द्रठाकुर, वडा सदस्य बुनिलाल साह सोनार, पूर्व अध्यक्ष बिक्रम साह सोनार, सोनालाल ठाकुर तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्र.अ. ठाकुरले आम जनसमुदायले उल्लेखित एजेण्डाहरुको लागि कटहरिया नगरपालिकामा पहल गरेमा हामि प्रतिबद्ध छौं उनको भनाइ छ।











































