आज ७२ औं प्रजातन्त्र दिवस, बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
प्रमुख शर्माले विज्ञप्ति जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् । ‘प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै आफ्नो जीवनलाई प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्दान्तप्रति प्रतिबद्द प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् ।
प्रदेश प्रमुख शर्माले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २००७ साल फागुन ७ गतेका दिन १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा शासनको अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक दिनका रुपमा हामी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष,त्याग तथा बलिदानको विशीष्ट भूमिका रहेको जनाउँदै यही सेरोफेरोमा र तिनै संघर्षको बलमा अहिले देशमा संघीयता,गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधान कृयाशील भएको पनि उल्लेख गरेका छन् । शुभकामना सन्देशमा प्रमुखले हामीले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबबोध गर्ने दिनका रुपमा सम्झिनुपर्ने बताएका छन् ।
प्रदेश प्रमुख शर्माले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्घि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्घि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।











































