जिल्ला सदस्यमा मिजारको उम्मेद्वारी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्यमा बलराम मिजारले उम्मेद्वारी दिएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२,पदमपोखरी बीचरोड निबासी ३५ वर्षिय मिजारले दलित कोटाबाट उम्मेद्वारी दिएका हुन् ।
चुनावमा आफू जित्ने उनको विश्वास छ । मकवानपुर बहुमुखी क्याम्पसमा कमर्श डिग्री अध्ययनरत मिजार पार्टीको मर्म र बिधान अनुसार अघि बढी जनसमुदायको हकहितमा काम गर्न उम्मेद्वारी दिएको बताउँछन् ।











































