एमालेबाट वडा सदस्य जितेका थिङ कांग्रेस प्रवेश

लोकखबर
२०७८ फाल्गुन २५, बुधबार १७:०४

मकवानपुर । एमालेबाट वडा सदस्य जितेका मकवानपुरगढी गाउँपालिकाका एक जना वडा सदस्यले पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् ।

गाउँपालिकाको वडा नम्वर ५ का वडा सदस्य सुकराम थिङले एमाले छाड्दै आज बुधबार नेपाली कांग्रेसमा लागेका हुन् । थिङ १६ जना सहित पार्टी प्रवेश गरेको कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्द लामाले वडाअध्यक्ष थिङलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधिसभा क्षेत्र २ का सचिव बलराम घिमिरे,पूर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजवीर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको