उमेश बुढाथोकीको नेतृत्वमा समाजवादी निकट खेलकुद महासंघ

लोकखबर
२०७८ चैत्र ६, आईतवार १४:२५

मकवानपुर । नेपाल खेलकुद महासंघ समाजवादीको शनिबार भएको जिल्ला भेलाले उमेश बुढाथोकीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष भरतमोहन देवकोट र संगीता केसी, सचिवमा दीपेश कार्की, सहसचिवमा रेनु लामा र सुरेन्द्र थापा मगर, कोषाध्यक्ष बादल लामा चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट खेलकुद संगठनको जिल्ला कमिटि गठन कार्यक्रममा पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य माधव तिमिल्सिना, दीपेन्द्र ढकाल, युवा संघ मकवानपुर अध्यक्ष किरणमान बल, अनेरास्ववियू समाजवादीका सचिव आकाश अधिकारी, नगर युवा संघ अध्यक्ष निरज सिंहलगायतको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको