राक्सिराङमा मौरी पालन तालिमका साथै मौरीको घार वितरण

लोकखबर
२०७८ चैत्र ७, सोमबार २०:५३

मकवानपुर । विमेन इन रोटरी डिष्ट्रिक ३२९२ कमिटीले राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को पाङ्बुङ्मा चेपाङ महिलाहरुको आर्थिक हैसियत बढाउनका लागि मौरी पालन तालिमका साथै मौरी घार वितरण गरेको छ ।

चेपाङ महिलाहरुको आर्थिक आर्थिक सशक्तिकरणका लागि आयोजना गरिको सो तालिम तथा घार वितरणका लागि विमेन इन रोटरी कमिटी ३२९२ ले गत पौष महिना ‘पुतलीको घर’ नाटक मन्चन च्यारिटी मन्चन गरेको थियो । लोकप्रिय कलाकार निशा शर्माका मुख्य भूमिका रहेको नाटकबाटै संकलिन गरेको थियो । महिलाहरुको लागि महिलानै भन्ने भनाइका साथ संकलन गरिएको रकम राक्सिराङ गाउँपालिकाको समन्वयमा सो स्थानका चेपाङ महिलाहरुको लागि कार्यक्रम गरिएको थियो ।

१५ जना चेपाङ महिलाको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको प्रमुख सहजीकण युनिक मौरीपालन उद्योगका संचालक तथा व्यवस्थापक शालिकराम बानियाँले गरेका थिए । तालिममा मौरीपालनको परिचय, महत्व, वस्तुस्थिति, चुनौतीहरु,मौरीको जीवनचक्र र वर्ग विभाजन, मौरीपालनमा प्रयोग हुने घार तथा सामग्रीहरु, मौरीगोलामा हुने वार्षिक जीवनचर्या र समसामयिक गोला व्यवस्थापन, मौरीमा हूलनिर्यास, मौरीमा गृहत्याग,गोलाविभाजन, कृत्रिमआहारा र आधारचाका तथा चाका व्यवस्थापन, मौरीगोलामा हुने लुट लडाईं र रोकथाम, बितपाते मौरी, तिनको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षणका साथै फिल्ड कार्य पनि गराइएको थियो । कार्यक्रमका वारेमा प्रकाश पार्दै महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाई समाजमा विद्यमान चेलिवेटी वेचविखन, वालविवाह, अशिक्षाजस्ता कुरितिहरुलाई हटाउन आर्थिक शसक्तिकरण जरुरी रहेकोले आफूहरुले सानो प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको र रोटरीको लक्ष्य भनेको आँशुलाई पनि हाँसोमा वदल्ने रहेकाले सोहि अनुसार यो कार्यक्रमको आयोजना गरिएको विमेन इन रोटरीकी चियर सपना रिजालले बताए ।

कार्यक्रमको समापनका प्रमुुख अथिती राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले चेपाङ महिलाहरुको आर्थिक विकासको लागि यस तालिमले महत्वपूर्ण भूमिका भूमिका खेल्ने बताए । साथै विमेन इन रोटरी कमिटी ३२९२ लाई धन्यवाद दिँदै तालिममा सहभागी तथा कार्यक्रमका लक्षित गरिएका सबैलाई गाउँपालिकाले निरन्तरता दिने साथै थप लक्षित कार्यक्रम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

यसैगरी कार्यक्रमका रोटरी क्लव अफ माउन्ट एभरेष्टकी रोटरियन जेनी वैद्यको नेतृत्वमा तालिममा सहभागी सबै विपद् तथा जोखिमको बेला आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहितको एक्वाबक्स वितरण गदै सवै जना सुरक्षित तथा स्वस्थ रहनको लागि यो वक्स वितरण गरिएको जानकारी गराए ।

विमेन इन रोटरी कमिटी ३२९२ नेपाल भूटानको आर्थिक सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयनमा संचालन भएको सो कार्यक्रम मिति २०७८/११/२९ देखि २०७८/१२/१ सम्म ३ दिन संचालन तथा कार्यक्रमकको प्रमाणपत्र तथा घार वितरण २०७८/१२/५ गते शनिबारको दिन भएको थियो साथै स्थानीयस्तरमा कार्यक्रम व्यवस्थापन चिरञ्जिवी पौडेलले गरेका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको