बकैयामा एकीकृत समाजवादीको चुनावी अभियान : मुलुकको सुन्दर भविष्यका लागि एमालेलाई हराउँनुपर्ने युवा नेता पन्तको भनाई

लोकखबर
२०७८ चैत्र १९, शनिबार १५:०३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवासंगको बैठकले आसन्न चुनाव केन्द्रित विभिन्न योजना पारित गरेको छ ।

पालिकामा भएको भेलाले प्रकाश बस्नेतको नेतृत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य तथा युवासंघका केन्द्रिय सचिवालय सदस्य कविन पन्तको प्रमुख आतिथ्यमा भेला तथा बैठक भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी युवा नेता पन्तले आगामी चुनावबाट प्रतिगमनको नेतृत्व गर्ने एमालेलाई पराजित गर्नुपर्ने बताए । ‘मुलुकको सुन्दर भविष्यका लागि आगामी चुनावमा एमालेलाई पराजित गर्नुपर्छ ।’ पन्तले भने, ‘गठबन्धन बनाएर एमालेलाई हामी हराउँछौं ।’ उनले गठबन्धन अत्यावश्यक भएको भन्दै यसका लागि सबै इमान्दार रहने पनि बताए । ‘गठनबन्धनमा रहेका हामी सबै इमान्दार रहनेछौं । यसमा संलग्न सबै इमान्दार रहनुपर्छ ।’ पन्तले भने,‘चुनाव केन्द्रित विभिन्न योजनाका साथ हामी अघि बढिरहेका छौं । दक्षिणपन्थी नव अवसरवादीलाई हराउँनका लागि एकीकृत समाजवादी तम्तयार छ ।

आगामी वैशाख ३० पछि कलम चिन्ह अंकित झन्डा गाड्नेछौं ।’
कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै किरण केशीको नेतृत्वमा एकीकृत समाजवादीमा प्रवेश गरेका युवाहरुलाई नेता पन्तले स्वागत गरे ।
सो अवसरमा पार्टी बकैया गाउँ कमिटी पार्टी कार्यालय पनि उद्घाट्न गरिरएको छ । कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा बकैया इन्चार्ज नारायण तिमल्सिना लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको