हेटौंडाको वडा वडामा एकीकृत समाजवादीको चुनाव केन्द्रित अभियान, आजै ६, ७, ९, १४ र १८ नम्बर वडामा बैठक

लोकखबर
२०७८ चैत्र २०, आईतवार ०६:५९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हेटौंडा उपमहानगर पालिकाको वडा वडामा चुनावी अभियानले तिब्रता पाएको छ ।

अभियान अन्तर्गत आज अनिबार हेटौंडाको ६, ७, ९, १४ र १८ नम्बर वडामा बैठक बसेर चुनाव केन्द्रित विभिन्न योजना पारित गरिएको हो ।
यही चैत १८ गते पार्टी नगर कमिटीको बैठकको सर्कुलर कार्यान्वयन गर्दै एकीकृत समावादीको वडा वडामा चुनावी अभियान अन्तर्गतका विभिन्न कार्ययोजना अघि बढाइएका छन् ।

अभियान अन्तर्गत चुनावी गठबन्धनका लागि अध्यक्षको संयोजनमा तीन सदस्यीय ३ सदस्यीय वडास्तरिय समिती हरेक वडा वडामा निर्माण गरिएको जनाइएको छ । अभियान अन्तर्गत स्वयम् सेवक परिचालन, भेला, प्रशिक्षण घरदैलो अभियान लगायतका कार्यक्रम गरिएका छन्  ।
यही चैत २१ गतेसम्म चुनावी अभियान अन्तर्गत वडास्तरिय चुनावी संरचना निर्माण कार्यले हेटौंडा उपमहानगरमा अहिले तिब्रता पाइरहेको जनाइएको छ ।

पार्टीका अनुसार १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरी चुनावी अभियान हेटौंडामा अघि बढेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको