विभिन्न पार्टी त्याग्दै हेटौंडा १ का युवाले रोजे एकीकृत समाजवादी
मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै ५० जना युवाहरु आज शनिबार एकीकृत समाजवादीमा आबद्द भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा आयोजित युवा भेलामा विभिन्न पार्टी परित्याग गर्दै समाजवादीमा प्रवेश गरेकाहरुलाई पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप मेयर, भेलाकी प्रमुख अतिथी मीनाकुमारी लामाले स्वागत गरिन् ।
भेलाले रतन थोकरको अध्यक्षतामा २१ सदस्यीय युवासंघ हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कमिटी गठन गरेको छ ।
भेलामा पार्टीका हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष धु्रव भुजेल, सचिव देवराज गौतम, युवासंघका केन्द्रिय सदस्य प्रकाश बानियाको आतिथ्यता थियो ।
गठित युवा संघ हेटौंडा १ नम्बर वडा कमिटीका सदस्यहरुलाई युवासंघ मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष एवं युवा संघका हेटौंडा नगर इन्चार्ज सफल अधिकारीले सपथ ग्रहण गराएका हुन् ।












































