चैत २५ गतेबाट बालबालिकालाई टाइफाइड विरुद्दको खोप
मकवानपुर । यही चैत २५ गते शुक्रबारदेखि वैशाख ५ गतेसम्म हेटौंडा उपमहानगरपालिकामा टाइफाइड विरुद्दको खोप अभियान सुरु हुने भएको छ ।
नेपाल सरकारले देशैभर अभियानकै रुपमा संचालन गर्न लागेको खोप लगाउने कार्य मकवानपुरमा पनि हुन लागेको हेटौडा उपमहानगरपालिकाका जन स्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
खोप अभियानबाट १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने उनले आज मंगलबार आयोजिक कार्यक्रममा पत्रकारहरुलाई जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चैत २५ गते मनहरी गाउँपालिकाबाट खोप सुभारम्भ गर्ने तयारी गरिएको छ ।
निरिक्षक चौलागाईंका अनुसार हेटौंडा उपमहानगरपालिकामा १५ महिनादेखि १५ वर्षसम्मका ५६ हजार ४ सय जना बालबालिकालाई टाइफाइडविरुद्दको खोप दिने लक्ष्य छ ।











































