मकवानपुरको टोलटोलमा पुग्दै एकीकृत समाजवादी, हेटौंडा ११ गणेशस्थानमा हुमागाईंको नेतृत्वमा टोल कमिटी

लोकखबर
२०७८ चैत्र २६, शनिबार १९:३०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान टोलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको टोल कमिटी गठन गरिएको छ ।

आज भएको भेलाले सपना हुमागाईंको अध्यक्षतामा नौ सदस्यीय पार्टी टोल कमिटी गठन गरिएको हो । कमिटी उपाध्यक्ष रमिला बिडारी, सचिव रमा ढुंगाना, कोषाध्यक्ष मिरा श्रेष्ठ लगायत रहेका छन् ।

एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा पार्टी बागमती प्रदेश कमिटीका सदस्य यादव गजुरेलको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रमका प्रमुख अतिथी गजुरेलले वर्तमान समसामयिक राजनीतिक विषयमा प्रष्ट पार्दै आगामी चुनावमा कलम चिन्हमा मतदान गर्नका लागि आव्हान गरे । टोलबासीको उल्लेख्य सहभागिता रहेको भेलामा गजुरेलले प्रशिक्षणात्मक सम्बोधन गरेका थिए ।

भेलामा पार्टी मकवानपुरका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामा, पार्टी हेटौंडा उपमहानगरपालिका कमिटी सचिव देवराज गौतम, पार्टी हेटौंडा ११ नम्बर वडा कमिटी अध्यक्ष विमला थापा, युवा संघ हेटौंडा उपमहानगरपालिका इन्चार्ज सफल अधिकारी, पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिवालय सदस्य एवं नगर प्रचार प्रसार समितिका संयोजक भुपेन्द्र पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको