सागरपथ टोलमा ढलकको नेतृत्वमा ४१ सदस्यीय एकीकृत समाजवादीको कमिटी गठन

लोकखबर
२०७९ बैशाख ३, शनिबार १५:२४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सागरपथ टोलमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज शनिबार भेला भएको छ ।

वडाका सूर्यबहादुर थिङको अध्यक्षता तथा पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुबबहादुर भुजेलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलाले ढलकबहादुर विश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय पार्टीको सागरपथ टोल कमिटी गठन गरेको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य देवकुमार श्रेष्ठ,हिमप्रसाद पौडेल, जिल्ला सदस्य तारादेवी कप्रौला, पार्टीका राममणि उप्रेती, कुशल नेपाल, शुक्रराज लामा, समाजवादी प्रेस संगठन नेपाल मकवानपुरका उपाध्यक्ष गोविन्द जी न्यौपाने लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको