एकीकृत समाजवादीबाट कैलाश र भीमफेदीमा यी हुन् अध्यक्षमा उम्मेद्वार !

लोकखबर
२०७९ बैशाख ६, मंगलवार १९:३७

मकवानपुर । नेकपा एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादी आसन्न स्थानीय तहको चुनावको तयारीमा होमिएको छ । चुनावमा उम्मेद्वार तय देखि वडा वडामा पुगेर चुनावी अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरुमा एकीकृत समाजवादी लागिपरेको छ ।

कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकामा पार्टीबाट पालिकाको नेतृत्व लिनका लागि उम्मेद्वार तय भएका छन् ।

पार्टी कैलाश गाउँ कमिटीले अध्यक्षका लागि कालु ढकाल, टंक मुक्तान र कमल तितुङको नाम सिफारिस गरेको छ । यस्तै,उपाध्यक्षमा फूलमाया गोले र लालिमाया ब्लोनलाई सिफारिस गरेको छ ।

कैलाशका १० वटा वडामध्ये ५ वटा वडामा वडाध्यक्षका सफिारिस गरिएको छ । वडा नम्बर ५ मा सुन्दर तितुङ, ६ मा लिबहादुर घले, ८ मा राजेश लामा मुक्तान, ९ मा नरबहादुर घलानको सिफारिस भएको छ । १० नम्बर वडामा पनि समाजवादीको दाबी रहेको बताइएको छ ।
पार्टी भीमफेदीले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९ वडामा अध्यक्षको सिफारिस गरेको छ ।

पार्टीले अध्यक्षमा शिवहरि बर्तौला, उपाध्यक्षमा गोमा लामालाई सिफारिस गरेको हो । यस्तै, वडा अध्यक्षहरुमा १ मा सुनिल गोले र जीवन घलान, २ मा कर्णबहादुर पाख्रिन र कमल गोपाली, ३ मा गुणबहादुर पाख्रिन र सोम लामा, ४ मा समिर श्रेष्ठ र मन्दिरा चुनीमगर, ५ मा मानबहादुर भोलन र शुक्रबहादुर स्याङ्तानलाई सिफारिस गरेको छ ।

यस्तै, वडा नम्बर ६ विजय लामा र दिनेश पनेरु, ७ मा राजकुमार आचार्य र सञ्जय राना, ८ मा दीपक बस्नेत र अमृत कठायत तथा वडा नम्बर ९ मा अरुण बर्तौला र विनोद बर्तौलाको नाम सिफारिस भएको भीमफेदी इञ्चार्ज शिवहरि बर्तौलाले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको