नरिवल फुटाउदै गठबन्धनकाे पहिलाे सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे लागि गठबन्धनकाे पहिलाे सम्पर्क कार्यालय हेटाैंडा १ चाईनाक्वाटरमा उद्घाटन गरिएकाे छ ।
गठबन्धन बाट हेटाैंडा उपमहानगरकाे मेयर र उपमेयरकाे उम्मेदवार बनेका मिनाकुमारी लामा र राजेश बानीयाँले कार्यालय परिसरमा नरिवल फुटाउदै उद्घाटन गरेका हुन् ।
उनीहरुले सम्पर्क कार्यालयकाे उद्धाटनमा रिवन समेत काटेका थिए । कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने काममा भुमिका खेल्न आग्रह गरिन् । ‘अहिले फरक परिस्थितिमा गठबन्धन गरेका छाैं । जिल्लामा भएका हरेक आन्दाेलनमा सँगै भएपनी चुनावी मैदानमा फरक फरक रहँदै आएका थियाैं तर अहिले फरक अवस्था श्रृजना भएकाे छ ।’ उनले भनिन् । आन्दाेलनबाट ल्याएकाे ल्याएकाे परिवर्तनलाई स्थापित गर्नका लागि अहिलेकाे अवस्था आएकाे बताईन् । मुलुक र गणतन्त्र जाेगाउनका लागि अहिले गठबन्धनकाे आवश्यकता रहेकाे बताईन् । गठबन्धनका उम्मेदवार जनताकाे हितमा काम गर्दै हेटाैंडालाई समुन्नत बनाउन काम गर्ने बताईन् । महिलालाई अवसरबाट बञ्चित गराईदै आएकाे छ, अब त्याे अवसर हामिलाई छ साेहि अनुसार गठबन्धनकाे पक्षमा लाग्न जाेड दिईन् । कार्यालय उद्घाटनमा मेयर पदका उम्मेदवार लामाले नगरकाे बिकासका लागि गठबन्धनबाट बनेका उम्मेदवारले काम गर्नेमा बिष्वास गर्न आग्रह गरीन् । १ नम्बर बाट कार्यालयकाे उद्घाटन गर्न पाउनु सुनाेैंलाे माैका भएकाे भन्दै जनताले चाहेकाे परिवर्तन र सेवा एमालेबाट नहुँने दावी गरिन् । उनले भनिन् ‘ संविधान र जनताले ल्याएको परिवर्तनलाई स्थापित गर्न गठबन्धन भएकाे हाे । ‘ संविधान रक्षा र समाजकाे परिवर्तनमा आफुहरुले काम गर्ने बताईन् । उपमहानगरमा एक तन्त्र शासन भाे अब त्यसाे हुदैन गठबन्धनबाट सामाजिक बिकासकाे काम हुनेमा बिष्वस्त रहन आग्रह गरिन् ।
कार्यक्रममा उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पुर्वाधार निर्माण र खेलकुदकाे क्षेत्रमा काम गर्ने बिष्वास दिलाए । उनले समाजकाे सकारात्मक बिकासमा काम गर्ने माैका दिन जनतान आग्रह गरे ।
पुर्वाधार निर्माणमा आफुले हेटाैंडा-५ मा गरेकाे जस्तै बिकास नगरभर गर्ने बताए । सधै एकतन्त्रीय शासन व्यहाेरियाे अब परिवर्तन आवश्यक भएकाे भन्दै गठबन्धनकाे पक्षमा मतदान गर्न आग्रह गरे । नेपाली काग्रेस १ वडा ईकाई समितिका सभापति हरिकृष्ण महर्जनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काग्रेस बागमती प्रदेश समितिका सदस्य जानकी गिरी सिहत वडा अध्यक्षका उम्मेदवार सबिन न्याैंपाने सिहतकाे आतिथ्यता रहेकाे थियाे ।
गठबन्धनकाे टाेलीले चाईनाक्वाटरमा घरदैलाे कार्यक्रम समेत गरेकाे थियाे ।












































