हेटौंडाको मतगणना जारी

लोकखबर
२०७९ बैशाख ३१, शनिबार १२:१५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा अहिले मत गणना जारी छ । १९ वटा वडा रहेको उपमहानगरमा सुरुमा चार वटा वडाको एकैसाथ मत गणना थालिएको हो ।

वडा नम्बर १, २, १८ र १९ को मत गणना भइरहेको छ । मत गणना कार्य हेटौंडा–२ स्थित सिद्दार्थ उच्च माविमा भइरहेको हो ।
एक हजार ४ हजार ४ सय ५० जना मतदाता रहेको हेटौंडा उपमहानगरपालिकामा ७४ हजार १ सय ८५ जना मतदाताले भोट हालेका थिए ।

हेटौंडाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्तप्रसाद पौडेल र राप्रपाबाट दिपकसिंहका बीच त्रिपक्षीय भिडन्त देखिएको छ ।

हिजो सम्पन्न चुनावमा १९ वटा वडा अन्तर्गत वडा नम्बर १ मा ३२९३, वडा नम्बर २ मा ३२८६, वडा नम्बर ३ मा ३३७५, वडा नम्बर ४ मा ५०७७, वडा नम्बर ५ मा ५१९६, वडा नम्बर ६ मा ३४९७, वडा नम्बर ७ मा २९४०, वडा नम्बर ८ मा ४४११, वडा नम्बर ९ मा ४३०४, वडा नम्बर १० मा २४२२, वडा नम्बर ११ मा ४१६३, वडा नम्बर १२ ४५२५, वडा नम्बर १३ मा ३९५७, वडा नम्बर १४ मा ३११०, वडा नम्बर १५ ४२४९, वडा नम्बर १६ मा ३७३९,वडा नम्बर १७ मा ३९००, वडा नम्बर १८ मा ४०५० र वडा नम्बर १९ मा ३९२५ भोट खसेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको