मकवानपुरगढी ६ मा कांग्रेसका कृष्णप्रसाद बजगाई विजयी

लोकखबर
२०७९ जेष्ठ २, सोमबार १९:२५

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका कृष्णप्रसाद बजगाई वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
गठबन्धनका साझा उम्मेदवार बजगाईंले एमालेका उम्मेदवार टिकाप्रसाद दाहाललाई ५० मतको अन्तरमा पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित बनेका हुन् ।
विजयी बजगाईंले ८ सय ५१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी दाहालले ८ सय १ मत पाए ।
गत स्थानीय चुनावमा पराजित भएका बजगाईंले यो पटक भने गठबन्धनको समेत साथ पाएर वडाध्यक्ष हुने अवसर पाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको