हेटौंडामा निर्वाचित जनप्रतिनिधीले लिए सपथ

लोकखबर
२०७९ जेष्ठ ९, सोमबार ११:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधीले आज सोमबार सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उपमहानगरमा निर्वाचित प्रमुख मीना कुमारी लामालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
यस्तै, प्रमुख लामाले नवनिर्वाचित उपमेयर राजेश बानियाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
लामाबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, २ का वडाध्यक्ष ढलक बहादुर थापा, ४ का वडाध्यक्ष नवीन सिग्देल, ५ का वडाध्यक्ष सुशील घिमिरे, ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ का वडाध्यक्ष दामोदर गौतम, ८ का वडाध्यक्ष राम थापा, ९ का वडाध्यक्ष सुकराम केसी, १० का वडाध्यक्ष फुर्वादोर्जे लामाले पद तथा गोपनीयताको सपथ लिए ।
यस्तै, ११ का वडाध्यक्ष जुना दाहाल, १२ का वडाध्यक्ष ललित घलान, १३ का वडाध्यक्ष पेम्बा लामा, १४ का वडाध्यक्ष दीपक खड्का, १५ का वडाध्यक्ष सुनील मोक्तान, १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, १७ का वडाध्यक्ष उद्दव सत्याल, १८ का अनिल बानियाँ र १९ का वडाध्यक्ष नरनाथ सुवेदीले पद तथा गोपनीयताको सपथ लिए ।

सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेम पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्द लामा, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगायतको उपस्थिती थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको