छोटो समयमा सफलता प्राप्त गर्यौं : माधवकुमार नेपाल
मकवानपुर । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सफलता पाएको बताएका छन् ।
आज मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहमा बोल्दै नेपालले छोटो समयमा बनेको पार्टी चुनावमा होमिँदा पनि राम्रो सफलता मिलेको बताएका हुन् ।
निर्वाचित जनप्रतिनिधीलाई इमान्दार भएर काम गर्नका लागि सुझाव दिदैं नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर मेयरमा निर्वाचित बनेका हर्क साम्पाङ राई जस्तै बन्नका लागि कार्यकर्तालाई आग्रह पनि गरे ।
अरु पार्टीको तुलनामा एकीकृत समाजवादीले गठबन्धनमार्फत छोटो समयमा महत्वपूर्ण सफलता प्राप्त गरेको पनि नेता नेपालले दाबी गरे ।











































