कार्कीको नेतृत्वमा थाहानगरस्तरीय विज्ञान शिक्षक
मकवानपुर । शनिबार मकवानपुरको थाहा नगरमा भएको विज्ञान शिक्षकहरुको भेलाले श्रीधर कार्कीको अध्यक्षतामा विज्ञान शिक्षक समाज नेपाल थाहा नगरपालिका स्तरीय समिति चयन गरेको छ ।
सर्वसहमत चयन गरिएको समिति उपाध्यक्ष प्रदीप केसी,सचिव हेमन्त कुवँर, सहसचिव विक्रम मल्ल, कोषाध्यक्ष भुपेन्द्र गोपाली, सहकोषाध्यक्ष सर्मिला आले रहेका छन् ।
सदस्यहरूमा पिताम्बर घिमिरे,प्रतिमा दहाल,मिलन मुक्तान,जयलाल स्याङ्तान, शीला गोपाली,मिलन स्याङ्तान,ओमप्रकाश कुमार पण्डित छन् । समितिको सल्लाहकारमा निराजन कुँवर, नरेन्द्रप्रसाद सिंह र मनोज रायमाझी चयन भएका छन् ।
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टकोे प्रमुख आतिथ्यतामा भएको भेलामा शिक्षक समाजका जिल्ला अध्यक्ष खेमराज लामिछाने,सचिव सुवास खनाल, नगर शिक्षा संयोजक माधव विक्रम मल्ल, थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नगर शिक्षक महासंघ अध्यक्ष राजाराम कार्की, जनकल्याण माविका सहप्रधानाध्यापक मनोज रायमाझी,जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रीन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











































