प्रधानमन्त्री प्रचण्डले सपथ लिदै, श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय

लोकखबर
२०७९ पुष ११, सोमबार ११:४६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
पार्टीका बरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने आज सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको हो । बैठक विहान पेरिसडाँडामा बसेको थियो ।
एमाले नेतृत्वको सात दलीय नयाँ गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो आइतबार मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट आफूलाई धोका भएको भन्दै एमाले गठबन्धनमा गएका प्रचण्डलाई एमाले, रास्वपा, राप्रपा, जसपा, नाउप, जनमत तथा केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे सपथ लिने कार्यक्रम छ । सानो आकारको मन्त्रीमन्डल पनि बनाउने योजनामा प्रचण्ड रहेको बुझिएको छ ।
प्रधामन्त्रीमा नियुक्त भएपछि प्रचण्डलाई भारत र चीनबाट बधाई आइसकेको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा प्रचण्डलाई साथ दिदैं आएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने प्रचण्डको निर्णयसंगै अलमलमा परेको छ। नेकपाकालीन विवादमा ओलीसंग विद्रोह गरी प्रचण्डलाई साथ दिएपनि प्रधानमन्त्री बन्नैका लागि आफूहरुसंग कुनै परापर्श नगरी एमालेसंग मिल्न गएपछि एकीकृत समाजवादी पार्टी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसंग बिच्किएको छ।विगतमा ओली नेतृत्वको एमाले विभाजन गरी माओवादी केन्द्रलाई साथ दिएकोमा अहिले माओवादी केन्द्र ओलीसंग मिलेपछि माधव नेपाल र उनको पार्टी एकीकृत समाजवादीको भविष्य अन्यौलमा परेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको