पुस २५ गते संसद बैठक आव्हान
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आव्हान गरेकी छिन् ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन् ।
४ मंसिरको प्रदेश तथा प्रतिनिधीसभाको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्ने भएको हो ।
संसदको यही बैठकमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ । संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत अर्थात् १३८ मत पाउनुपर्ने हुन्छ । दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ ।











































