बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुंगानाले लिए सपथ

लोकखबर
२०७९ पुष १३, बुधबार १६:०७

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानालाई आज बुधबार सपथ खुवाएका छन् ।
नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाको १ बाट नेकपा माओवादीका ७२ वर्षिय ढुंगाना प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् ।
संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख शर्माले ज्येष्ठ सदस्य ढुंगानालाई सपथ खुवाएका हुन् ।
प्रदेश प्रमुख शर्माबाट सपथ लिएका ज्येष्ठ सदस्य ढुंगानाले भोलि विहीबार बागमती प्रदेशसभामा निर्वाचित सांसदलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम छ ।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको