बागमतीका प्रदेश सांसदले आज सपथ लिँदै

लोकखबर
२०७९ पुष १४, बिहीबार ०८:३५

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुले आज विहीबार पद तथा गोपनियताको सपथ लिँदैछन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले दिउशो २ बजे सपथ खुवाउने तयारी भएको हो । नेकपा माओवादी केन्द्रका ढुंगाना नुवाकोटको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
७२ वर्षिय ढुंगानाले नेपालको संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट बुधबार ज्येष्ठ सदस्यका रुपमा सपथ लिएका थिए ।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन् । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको