क्याम्पाडाँडामा रोपियो विरुवा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले हेटौंडाको क्याम्पाडाँडामा वृक्षरोपण गरेकी छन् ।
हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा विकास गर्ने लक्ष्य राखेकी नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तरगत हेटौंडा– चौंधडा खण्डको क्याम्पडाँडामा वृक्षारोपण गरेकी हुन् ।
हेटौंडा ५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिनको दक्षिण भागमा झाडी तथा फोहर अधिक रहेकाले त्यसलाई सफा गरी वृक्षरोपण गरिएको हो । सडक किनारमा हेर्दा आकर्षण देखिने धुपी तथा गोलमोहर फूलको विरुवा रोपिएको छ ।











































