महोत्सवको अन्तिम दिन आज रचना रिमालको प्रस्तुती

लोकखबर
२०७९ माघ २३, सोमबार १५:१३

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा गत ११ माघबाट जारी दशौं राष्ट्रिय औद्योगिक व्यापार मेला आज आइतबार समापन हुदैछ ।

समापनको दिन चर्चित गायिका रचना रिमालको प्रस्तुती हुने आयोजकले जनाएको छ । गायक तथा संगीतकार चेतन सापकोटाको पनि आजै प्रस्तुती दर्शक तथा स्रोताले हेर्न पाउँने छन् । महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत भइरहेको छ ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिताले हेटौंडा आइडल घोषित गर्नेछ भने हेटौंडा डान्सिङ स्टार प्रतियोगिताको उपाधि दिलुरितु श्रेष्ठले हात पारेकी छिन् ।

आइतबार भएको फाइनलमा उनी प्रथम भएकी हुन् । प्रतियोगितामा दिपिक्का चौधरी दोस्रो स्थानमा रहिन् भने मन्दिरा घिसिङ तेस्रो भएकी थिइन् । उनीहरुले क्रमशः तीस, बीस र दश हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यतामा महोत्सव समापन तयारी भएको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको