चाडपर्वले सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्‍याउँछ : प्रमुख शर्मा

लोकखबर
२०७९ फाल्गुन ९, मंगलवार २०:२२

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले नेपाली चाडपर्वहरुले आपसी भाइचारा,सामाजिक सद्भाव,सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्‍याएको बताएका छन् ।

आज मंगलबार हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औं ग्याल्पो ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । ‘भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय,बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेका छन् ।’ प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। चाडपर्वबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो बनाउँनु हामी सबैको दायित्व भएको भएको उनको भनाई छ ।‘यस्ता चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनु हामी सबैको दायित्व हो ।’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रमुख शर्माले ग्याल्पो ल्होसारका अवसरमा देश तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख,शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै यो पर्वले नयाँ उत्साह र उमंग छर्दै आपसी एकता,सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई हाम्रो राष्ट्र थप सुदृढ बनाउन सघाउ पुगोस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको